काठमाडौं, ११ माघ । आइतबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपाको गठबन्धनका महिला उम्मेदवार नेकपा एमालेका रोशनी मेचे निर्वाचित भएकी छिन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरस्थित सम्पन्न मतगणना अनुसार मेचेले ७ हजार १ सय ७३ मतभार प्राप्त गर्दै निर्वाचित भइन् ।
उनकी प्रतिस्पर्धी नेकपाकी नमिता न्यौपानेले २ हजार २ सय ६८ मतभार मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा प्रदेश सभाका ९३ सदस्य र स्थानीय तहका २ सय ७४ जनप्रतिनिधिले मतदान गरेका थिए ।














