काठमाडौँ, ११ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्न सरकारले चारवटै सुरक्षा निकायमा निर्वाचन सेल स्थापना गरेको छ ।
गृह मन्त्रालयको नेतृत्वमा केन्द्र, प्रदेश र जिल्ला तहसम्म सुरक्षा संयन्त्र सक्रिय पारिएको छ । निर्वाचन आयोगले तोकेका ११ हजार ९ सय १ मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गर्दै सुरक्षाकर्मी परिचालन गरिनेछ ।
निर्वाचन सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी सवा ३ लाख सुरक्षाकर्मी खटाइने सरकारको तयारी छ ।
खुला सीमा, सामाजिक सञ्जालको दुरुपयोग, आन्दोलन तथा राजनीतिक प्रतिस्पर्धालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएको गृह मन्त्रालयले जनाएको छ ।














