काठमाडौँ, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देशभर ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन आयोगका अनुसार तीमध्ये ३ हजार १७ जना पुरुष, ३८८ जना महिला र १ जना अन्य समूहबाट छन् । आयोगले उम्मेदवारी दर्तादेखि फिर्ता लिने प्रक्रियासम्मको निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
समानुपातिक प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली प्रकाशित भइसकेको छ भने माघ १० गतेपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ ।














