काठमाडौं, ९ माघ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले छुट्टै बैंक खाता खोली निर्वाचन खर्चको हिसाबकिताब राख्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचनसम्बन्धी सबै खर्च सोही खातामार्फत गर्नुपर्ने, खर्चका लागि जिम्मेवार पदाधिकारी तोकी विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
राजनीतिक दलले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंकमार्फत लिनुपर्ने र नगद सहयोग प्राप्त भए बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधान पनि लागू गरिएको छ।
आयोगले खोलिएका खातालाई निर्वाचनपछि पनि बन्द नगरी यथावत राख्न राष्ट्र बैंकसँग आग्रह गरेको छ।














