काठमाडौं, ९ माघ । देशभरबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार ३ हजार ४८७ उम्मेदवारले मनोनयन दर्ता गराएकामध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै, ५ जनाविरुद्ध परेको दाबी–विरोधमध्ये १ जनाको उम्मेदवारी खारेज भएको छ भने ४ जनाको यथावत रहेको आयोगले जनाएको छ ।














