काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको प्रस्ताव पारित गर्दै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसले परिवर्तित समय र मुलुकको विशिष्ट परिस्थितिलाई सम्बोधन गर्न थापाको नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरेको छ । संयम, परिपक्वता र गतिशील नेतृत्व क्षमता थापाको मुख्य विशेषता रहेको बैठकमा उल्लेख गरिएको छ ।














