काठमाडौं, ९ माघ । गोरखा–२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्तापछि उनले आगामी निर्वाचनमा देशले आवश्यक ठानेको व्यक्तिलाई सहयोग गर्ने बताएका छन् ।
विभिन्न दल तथा व्यक्तिहरूको आग्रहका आधारमा आफू अभिभावकीय भूमिकामा रहेर संघीय लोकतान्त्रिक गणतन्त्र, आर्थिक विकास र समृद्धिका पक्षमा योगदान गर्ने निर्णय लिएको उनले बताए ।














