काठमाडौँ, ८ मघ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको आशङ्कामा तीन दिने स्पष्टीकरण सोधेको छ ।
दोलखाबाट उम्मेदवार बनेका खरेलले दलको झण्डा प्रयोग गरी २५ जनाभन्दा बढीको जुलुससहित मनोनयन गरेको विषयमा आयोगले स्पष्टीकरण मागेको हो ।
आयोगले तीन दिनभित्र स्पष्टीकरण नआए कानुनअनुसार कारबाही हुन सक्ने जनाएको छ ।















