सिन्धुली, ८ माघ । सिन्धुली-२ मा देखिएको बागी उम्मेदवारी विवाद समाधानका लागि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता हरिबोल गजुरेलसहितका नेताहरूलाई छलफलमा बोलाएका छन् ।
लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहालको बागी उम्मेदवारी दिलाएका गजुरेल, उम्मेदवार महेश्वर दाहाल तथा जिल्ला नेताहरू छलफलका लागि सिन्धुलीबाट काठमाडौं आउँदै छन्।
गजुरेलले छलफल भए पनि आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।














