काठमाडौं, ८ माघ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ ।
मनोनयनपछि परेको उजुरीमाथि जाँचबुझ सम्पन्न भएकाले बेलुकी ५–७ बजेसम्म नामावली सार्वजनिक हुनेछ । माघ ९ गते नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी सोही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ ।
यसपटक ३,४८६ उम्मेदवार दर्ता भएका छन् भने आगामी फागुन २१ गते निर्वाचन हुँदैछ । कुल १ करोड ८९ लाखभन्दा बढी मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।














