काठमाडौँ, ७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव संगीता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि विशेष अदालतले धरौटी माग गरेको हो ।
धरौटी बुझाएपछि मिश्रालाई बुधबार नै रिहा गरिएको छ । अख्तियारले मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।














