काठमाडौं, ७ माघ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको चाहना र आकांक्षाअनुसार आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताएका छन् ।
रुकुमकोटमा आयोजित पत्रकार सम्मेलनमा उनले जिल्लाको इतिहास, संस्कृति र जनभावनालाई आधार बनाएर विकास अघि बढाउने प्रतिबद्धता जनाए ।
प्रचण्डले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकता दिँदै रुकुम पूर्वलाई समाजवादी विकासको आधार क्षेत्र बनाउने विश्वास व्यक्त गरे ।
यस अवसरमा उनले सहिद परिवार तथा स्थानीय समुदायसँग भेटघाट र अन्तरसंवाद पनि गरेका छन् ।














