झापा, ७ माघ । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
युवा सङ्घका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।
झापा–५ बाट चुनावी मैदानमा रहेका बालेन शाहले जिल्लामा मतदातासँग भेटघाट तथा छलफललाई तीव्र बनाइरहेका बेला एमालेनिकट युवा नेतृत्व नै रास्वपामा प्रवेश गरेपछि यसले स्थानीय राजनीतिमा तरंग ल्याएको छ ।
पार्टी प्रवेशपछि अध्यक्ष छवि खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र र वैकल्पिक धारमा अघि बढाउने बताएका छन् ।
उनले झापा–५ मा स्थापित पुराना राजनीतिक अभ्यासभन्दा फरक र नयाँ सोचको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि बालेन शाहको अभियानलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।














