काठमाडौँ, ७ माघ । प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयले हालसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ ।
उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई उपलब्ध गराइएको हो । आयोगले निर्वाचनमा करिब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
निर्वाचन सुरक्षाका लागि करिब १ लाख ४७ हजार निर्वाचन प्रहरीसहित सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका जनशक्ति तैनाथ गरिने तयारी छ ।
यसअघि २०७९ को निर्वाचनमा १८ अर्बभन्दा बढी निकासा भए पनि करिब १६ अर्ब ५० करोड मात्र खर्च भएको थियो ।














