काठमाडौं, ६ माघ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न अग्राधिकार दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छिटो टुंग्याउनुपर्ने ठहर गरेको हो । शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
आयोगले गगन थापा नेतृत्वको समितिलाई वैधानिकता दिएपछि देउवा पक्ष सर्वोच्च पुगेको हो । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भइसकेका छन् र आयोगले पनि सोही नेतृत्वलाई आधिकारिकता दिएको छ।
आगामी फागुन २१ को निर्वाचनका लागि उम्मेदवारीसमेत थापा नेतृत्वबाट वितरण भइसकेको छ ।














