काठमाडौं, ६ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अवैध भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सर्वोच्च अदालतमा बहस गरेका छन् ।
पार्टीको आधिकारिकता विवादसम्बन्धी रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा बहस गर्दै उनले सभापतिको पद रिक्त नभएको अवस्थामा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नु पार्टी विधान र लोकतान्त्रिक मूल्यविपरीत रहेको बताए ।
केसीका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल २०८२ माघ मसान्तसम्म थप भइसकेको अवस्थामा बीचमै नेतृत्व परिवर्तन गर्नु अवैध हो। उनले निर्वाचन आयोगको निर्णय बदर गरी पुरानै अवस्था कायम गर्न माग गरेका छन् ।














