वराटनगर, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उम्मेदवारी दर्ताका लागि झापा–५ पुगेसँगै कार्यकर्ताको उल्लेख्य भीड देखिएको छ ।
उनले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । सोही क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेका छन्, जसले दिउँसो १ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
बालेनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत झापा–५ पुगेको जानकारी दिएका हुन् ।














