जनकपुर, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उम्मेदवारी दर्ताका लागि झापा–५ पुगेका छन् ।
उनले मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । सोही क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार छन्, जसले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने जनाइएको छ ।
ओली सोमबार नै झापा पुगेका थिए भने बालेन जनकपुरको कार्यक्रम सकेर मंगलबार बिहान झापा पुगेका हुन् ।














