काठमाडौं, ६ माघ । सद्भावना पार्टीका अध्यक्ष अनिल झा आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराउँदै रौतहट–१ बाट उम्मेदवार बनेका छन् ।
कांग्रेस सभापति गगन थापाले उनलाई पार्टी प्रवेश गराएर सो क्षेत्रको टिकट दिएका हुन् । कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभागका अनुसार सद्भावना पार्टीबाट कांग्रेस प्रवेश गरेका झा मात्र टिकट पाउने नेता हुन् ।
फागुन २१ को निर्वाचनमा झा नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधव नेपालविरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन् ।














