काठमाडौं, ६ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज बिहान पदबाट राजीनामा दिएका छन् ।
महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभएको अर्थमन्त्री रामेश्वर खनालले बताए ।
तर उनी कुन दल वा क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा यो खबर बनाउँदासम्म सार्वजनिक भइसकेको छैन ।














