काठमाडौं, ५ माघ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
रास्वपाले खरेललाई ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ ।
यसअघि कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए ।














