काठमाडौं, ५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीसहित राजीनामा दिने भएका छन् ।
रास्वपा स्रोतका अनुसार उनी ललितपुर–२ बाट उम्मेदवार बन्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।
मन्त्री खरेल राजीनामा पत्र लिएर प्रधानमन्त्री कार्यालय पुगेका छन् भने आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गर्ने तयारी छ ।














