काठमाडौं, ४ माघ । निर्वाचन आयोगले आईतवार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेपछि यसबारे सरकारलाई औपचारिक जानकारी गराइएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा आचारसंहिताबारे प्रस्तुतीकरण गरेको थियो।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद् सदस्य, मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो ।














