काठमाडौं, ४ माघ । फागुन २१ का प्रतिनिधिसभा निर्वाचनका लागि मेयर बालेन्द्र शाह (बालेन)को चुनावी तयारी झापामा तीव्र रूपमा अघि बढेको छ ।
दमकमा बालेनका तीन सचिवालय स्थापना गरिएको छ—मुख्य सचिवालय लक्की सिटौलाको घरमा, अर्को इलाका प्रहरी कार्यालय नजिक, र तेस्रो क्याम्पस मोड क्षेत्रमा ।
पहिलो घर राजनीतिक र डिजिटल टिम सञ्चालनका लागि, दोस्रो घर बालेनको रणनीति र भेटघाटका लागि, र तेस्रो घर स्थानीय नेताहरूको समन्वय र मतदाताको सर्वेक्षणका लागि प्रयोग हुने छ ।
रास्वपाले करिब ३ हजार सदस्यलाई मनोनयन दिन सडकमा परिचालन गर्ने तयारी गरिसकेको छ । मनोनयन कार्यक्रमलाई सांस्कृतिक झाँकी र विभिन्न जातीय प्रदर्शनसहित भव्य बनाउने योजना छ ।
सुरक्षा र समन्वयका लागि प्रमुख जिल्ला अधिकारीले सर्वदलीय बैठक बोलाएका छन् ।














