काठमाडौं, ४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताको समयसीमा एक साता सार्ने तयारी निर्वाचन आयोगले गरिरहेको छ ।
नेपाली कांग्रेसको आन्तरिक विवादका कारण प्रमुख राजनीतिक दलहरूले मनोनयनको मिति सार्न आयोगसँग आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, रास्वपा लगायत दलहरूले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न अनुरोध गरेका छन् ।
यद्यपि आयोगले यस विषयमा हालसम्म कुनै निर्णय नगरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । स्रोतका अनुसार मनोनयनको समय अधिकतम एक हप्तासम्म सर्न सक्ने सम्भावना छ ।














