काठमाडौं, ४ माघ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आज पदबाट राजीनामा दिएका छन् ।
संघीय संसद् सचिवालयका अनुसार श्रेष्ठ प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् । उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै थियो ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनुअघि नै उनले राजीनामा दिएका हुन् ।














