काठमाडौं, ४ माघ । जेनजी आन्दोलनपछिको पहिलो राष्ट्रिय सभा बैठक आइतबार साढे ७ मिनेटमै सकिएको छ ।
चालू अधिवेशनको पहिलो दिन राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइयो भने राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरियो ।
बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने अभ्यासअनुसार बैठक छोटो समयमै स्थगित गरिएको हो ।
सभाध्यक्ष नारायण दाहालले अर्को बैठक माघ ९ गते बस्ने गरी स्थगित गरेका छन् ।














