जनकपुर, ४ माघ । नेकपा एमालेले मधेश प्रदेश सरकारका दुई पूर्वमुख्यमन्त्रीलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।
महोत्तरी–४ बाट एमाले संसदीय दलका नेता सरोजकुमार यादव र सप्तरी–२ बाट पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह उम्मेदवार बनेका हुन् ।
यादव अल्पमतमा परेपछि २२ दिनमै मुख्यमन्त्री पदबाट बाहिरिएका थिए भने सिंह जनमत पार्टीबाट मुख्यमन्त्री बनेर विभिन्न विवादपछि एमालेमा समेटिएका हुन् ।














