काठमाडौँ, ४ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष पार्टीको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वलाई मान्यता दिएपछि असन्तुष्ट देउवा समूहले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ गर्ने निर्णय गरेको हो ।
पार्टी कार्यालयमा बसेको बैठकले सर्वोच्च जाने निर्णय गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।














