काठमाडौं, ४ माघ । नेकपा एमालेले आज काठमाडौंमा निर्वाचनकेन्द्रित जनप्रदर्शन र जनसभा आयोजना गर्दैछ ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा भृकुटीमण्डपबाट सुरु हुने प्रदर्शन प्रज्ञाभवन कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ ।
मध्यान्ह १२ बजेदेखि हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी विशेष चुनावी अभियानको सुरुवातस्वरूप प्रदर्शन आयोजना गरिएको हो ।














