काठमाडौं, ३ माघ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने मुख्य एजेन्डा रहेको छ ।
माघ ६ गते हुने मनोनयनअघि उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो । क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसका आधारमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ नेताको नाम सर्वसम्मत सिफारिस भएको छ ।
हाल कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गर्दै सबै क्षेत्रमा सूर्य चिह्नबाट उम्मेदवार उठाउने तयारी गरिएको छ । प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुनेछ ।














