काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।
सानेपामा बसेको देउवा पक्षको बैठकले उक्त निर्णयको संवैधानिक, राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।
प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले उपस्थित संख्या नहेरी दूषित मनसायले एकलौटी निर्णय गरेको आरोप लगाउँदै भोलि नै सर्वोच्च अदालत जाने तयारी भइरहेको जानकारी दिए।














