काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका लागि संशोधित निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
सानेपामा केन्द्रीय समिति बैठक जारी रहँदा निर्वाचन समितिले आजै उम्मेदवारी प्रकाशनदेखि मतदानसम्मका सबै प्रक्रिया सम्पन्न हुने जनाएको हो ।
तालिकाअनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ४ देखि ४ः३० बजेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ भने अन्तिम नामावली साँझ ६ बजे प्रकाशित हुनेछ ।
मतदान राति ८ बजेदेखि १ बजेसम्म हुनेछ । मतगणनाको समय भने तोकिएको छैन । मनोनयन प्रक्रिया हिजो साँझदेखि जारी छ ।
















