काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियामै प्रवेश गरेको छ ।
सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि वार्ताबाट सहमति नजुटे निर्वाचनमार्फत नै नेतृत्व र नीति परिवर्तन गरिने विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेका छन् ।
यद्यपि वार्ताको ढोका खुला राख्दै निर्वाचनको तालिका भने यथावत् राखिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै बन्द सत्र समापन भएको छ भने बुधबारदेखि नयाँ निर्वाचन तालिका अनुसार प्रक्रिया अघि बढ्नेछ ।














