काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि बुधबार चुनाव हुने भएको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ । बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । आज नयाँ नेतृत्व चयनका लागि मतदान नहुने केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले बताएका छन ।
आजै राति ९ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो । अहिले उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ । साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।














