काठमाडौं, २९ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक शैलीबाट अहिलेका चुनौती समाधान गर्न नसकिने बताएका छन् ।
पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै उनले नयाँ विचार, कार्यक्रम र पहलमार्फत मात्रै राजनीतिक तथा सामाजिक संकटको सामना गर्न सकिने उल्लेख गरे ।
प्रचण्डले विगतका कमजोरीको आत्मसमीक्षा गर्दै नेकपा रूपान्तरणको मार्गमा अघि बढ्ने र राष्ट्रिय एकता तथा स्वाधीनता सुदृढ गर्ने उद्देश्यले पार्टी एकता प्रक्रिया अघि बढाइएको बताए ।














