काठमाडौँ, २९ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदैछ।
पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ कार्यक्रम तय गरिएको छ ।
गत कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दर्जनभन्दा बढी वाम घटकबीच एकता भएपछि नेकपा गठन भएको हो ।














