काठमाडौँ, १३ पुस । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउन थालेका छन् ।
आइतवार सम्म नेपाल मजदुर किसान पार्टीसहित तीन दलले १३४ जनाको बन्दसूची पेश गरेका छन् । आयोगका अनुसार बन्दसूची बुझाउने समय आइतवार र सोमवार तोकिएको छ ।
आयोगले दुई चरणमा बन्दसूची प्रक्रिया अघि बढाएको छ र आवश्यक सेवा प्रवाहका लागि सबै व्यवस्था मिलाइएको जनाएको छ। संशोधनका लागि पुस २१ देखि २७ गतेसम्म समय तोकिएको छ ।














