काठमाडौं, ९ पुस । काठमाडौंको माइतीघर मण्डलामा तीन दिनदेखि जेनजी आन्दोलन जारी छ ।
जेनजी अगुवा मिराज ढुंगानाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरिएको छ ।जेनजी नेताहरूका अनुसार, सरकार जनभावनाअनुसार काम गर्न असफल भएको भन्दै आन्दोलन सुरु गरिएको हो ।
प्रशासनबाट अनुमति नपाए पनि आन्दोलन जारी रहेको र प्रहरीले पटक–पटक हटाउन खोजे पनि सफल हुन नसकेको उनीहरूको दाबी छ ।
जेनजी अगुवा हरिश भट्टका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वर पौडेलले आन्दोलनलाई गुप्त सहयोग गरिरहेको आरोप छ।आन्दोलनकारीहरूले संविधान पुनर्लेखन, सर्वपक्षीय सरकार गठन र राजनीतिक निकासको माग गरेका छन् ।














