काठमाडौं, ७ पुस । काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४ किलो २८४ ग्राम गाँजा जस्तो देखिने लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
बैंककबाट आएका ३३ वर्षीय रञ्जित सिंहको लगेज जाँचका क्रममा लागूऔषध फेला परेको हो । सो लागूऔषध लिन आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थल क्षेत्रबाट पक्राउ गरिएको छ ।
दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।














