काठमाडौं, ६ पुस । ललितपुरमा हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
मृतक सिन्धुली गोलन्जोर–३ का केशवराज हायुल हुन्, जो ललितपुरमा तरकारी फार्म सञ्चालन गर्दै आएका थिए । उनी २४ मंसिरदेखि बेपत्ता थिए ।
प्रहरीले घटनालाई हत्या भएको ठहर गर्दै एक जनालाई पक्राउ गरेको छ भने थप अनुसन्धान जारी छ । शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।














