काठमाडौं, ६ पुस । जेनजी प्रतिनिधि मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले वर्तमान सरकारले युवाको भावना र अपेक्षामाथि धोका दिएको आरोप लगाउँदै १० बुँदे मागसहित शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहले संविधान पुनर्लेखन, भ्रष्टाचार नियन्त्रण, न्यायिक सुधार, आन्दोलनकारीको रिहाइ, विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चितता तथा विभिन्न पीडित वर्गको न्यायजस्ता माग अघि सारेको हो।
समूहले भोलिदेखि आन्दोलन सुरु गर्ने जनाएको छ ।














