कञ्चनपुर, ६ पुष । कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडपको छानबिन गर्न स्थानीय प्रशासनले तीन सदस्यीय समिति गठन गरेको छ ।
उक्त घटनामा आठ कैदीबन्दी घाइते भएका थिए, जसमध्ये दुई जना उपचारपछि कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा गठन भएको समितिलाई सात दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ ।














