काठमाडौँ, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा भएका छन् ।
रुपन्देही अदालतमा उपस्थित भएका लामिछाने अदालती प्रक्रिया पूरा गरी भर्खरै रिहा भएका छन् ।
उच्च अदालत बुटवल इजलासले बिहीवार धरौटीमा छाड्न आदेश दिएपछि आवश्यक प्रक्रिया पूरा गर्न उनी आज चितवन हुँदै रुपन्देही अदालतमा उपस्थित भएका थिए ।
उनकै माग अनुसार २ करोड ७४ लाख ८४ हजार धरौटीमा छाड्न आदेश भएको थियो ।














