काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन् ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रेस विज्ञप्तिमार्फत् सो जानकारी दिएका हुन् ।
रास्वपाले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आएको थुनामुक्त गर्ने आदेशप्रति सम्मान व्यक्त गर्दै विधिको शासन र न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको जनाएको छ ।
साथै, लामिछानेमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गर्दै समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।














