काठमाडौं, ३ पुस । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको अन्तिम परिणामअनुसार १९ सदस्यीय पदाधिकारी संरचनामा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलको स्पष्ट वर्चस्व देखिएको छ ।
महाधिवेशन अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी १९ पदाधिकारी पदका लागि निर्वाचन भएको थियो। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो ।
मतपरिणामअनुसार ओलीले अध्यक्ष पदमा विजय हासिल गर्दै पार्टी नेतृत्वमा निरन्तरता कायम राखेका छन् । दुई समूहले आ–आफ्ना छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरे पनि अधिकांश पदमा ओली प्यानलकै उम्मेदवारहरू विजयी भएका छन् ।
पोखरेल प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र उपाध्यक्ष पदमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिव पदमा भने सबै उम्मेदवार ओली प्यानलबाटै निर्वाचित भएका छन् ।
नवनिर्वाचित १९ सदस्यीय पदाधिकारी टिम यस प्रकार रहेको छ :
नवनिर्वाचित पदाधिकारी
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
रामबहादुर थापा
पृथ्वीसुब्बा गुरुङ
रघुजी पन्त
गोकर्ण विष्ट
महासचिव
शंकर पोखरेल
उपमहासचिव
रघुवीर महासेठ
लेखराज भट्ट
योगेश भट्टराई
सचिव
छविलाल विश्वकर्मा
भानुभक्त ढकाल
पद्मा अर्याल
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
शेरधन राई
हिक्मत कार्की
महेश बस्नेत














