काठमाडौं, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा आज उच्च अदालत बुटवलमा पेशी तोकिएको छ ।
यसअघि पटक–पटक रोकिएको बहस गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने त्यसअगाडि रवि पक्षका कानुन व्यवसायीको निवेदनका कारण स्थगित भएको थियो। लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् ।














