काठमाडौं, ३ पुस । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार अन्तिम मतपरिणाम सार्वजनिक हुन करिब ३ घण्टा लाग्नेछ ।
मतगणनामा दुवै उम्मेदवार पक्षबाट ५–५ जना प्रतिनिधि सहभागी छन्, जसमा राजनीतिक, प्राविधिक र सहायक सदस्यहरू समावेश छन्। मतगणनाका लागि १० वटा बुथ स्थापना गरिएको छ ।














