काठमाडौं, २ पुस । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रचारप्रसारमा झण्डा र सामग्रीको प्रयोग सीमित गर्ने प्रस्ताव गरेको छ ।
आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्रै झण्डा प्रयोग गर्न पाइनेछ । प्रचारका लागि डिजिटल बोर्ड, फ्लेक्स, श्रव्य–दृश्य सामग्री, बाजागाजा तथा झाँकी प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।
घरदैलोमा जाँदा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने र अनलाइन तथा अन्य सार्वजनिक माध्यमबाट प्रचारप्रसारमा समेत कडाइ गरिने प्रस्ताव गरिएको छ ।














