काठमाडौं, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
युवराज पौडेलले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको दाबी गरी राहदानी लिएको आरोपमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत भएको भन्दै दायर गरेको रिटमा पेसी तोकिएको हो ।
पौडेलले लामिछानेको राहदानी प्रयोगसम्बन्धी विवरण झिक्न र अन्तिम फैसला नभएसम्म राजनीतिक अधिकार प्रयोगमा रोक लगाउन माग गरेका छन् ।














